पम्पसेट मर्मत सम्बन्धी सामान्य जानकारी

कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । नेपालको कृषि, जलस्रोत व्यवस्थापन, खाद्य सुरक्षा, गरिबी न्यूनीकरण र समग्र विकासका लागि सिँचाई पम्प सेटहरू आवश्यक छन् । तिनीहरूले कृषि क्षेत्रमा निरन्तर पानी आपूर्ति गर्न मद्दत गर्दछ । पानीका स्रोतहरूको दोहन कम गर्न, जलवायू परिवर्तनबाट बालीमा पर्ने असरलाई कम गर्न, बाली विविधीकरण गर्न, गरिबी घटाउन, दिगो कृषि प्रवद्र्धन, बढावा, खाद्य सुरक्षा सुनिश्चित गर्न र ग्रामीण विकासलाई प्रोत्साहित गर्दछ ।
कृषिमा सिँचाई पम्प सेटहरू विशेष गरी सुख्खा मौसममा पनि खेती गर्न पानीको आपूर्ति गर्न मद्दत गर्दछ । यसले किसानहरूलाई वर्षभरी बाली लगाउन र उत्पादन वृद्धि गर्न सहयोग गर्दछ । समग्रमा नेपालको विकासका लागि सिँचाइ पम्प सेट अपरिहार्य छन् । तिनीहरूले कृषि, जलस्रोत व्यवस्थापन, खाद्य सुरक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासमा महत्त्वपूण भूमिका खेल्छन् । तिनीहरूको कुशल प्रयोगले कृषि उत्पादकत्व बढाउन, आर्थिक वृद्धिमा योगदान दिन र लाखौं नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्दछ । तसर्थ, पम्पसेट मर्मत सम्बन्धी सामान्य जानकारीका लागि डाउनलोड बटन थिच्न सक्नु हुन्छ ।