नेपालको कृषि-खाद्य प्रणालीको स्थिति प्रतिवेदन मार्च २०२४ l बुलेटिन नम्बर १६
सन् २०२४ को फेब्रुअरी महिनामा, नेपालमा समग्रमा ५.० प्रतिशतको मध्यम वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति देखिँदा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीहत ६.५ प्रतिशत रह्यो। मसलाहरुको मूल्यमा ३२.१ प्रतिशतको उच्च वृद्धि सँगै अनाज, दाल तथा गेडागुडीको मूल्य बढेको थियो। चामल, गहुँको पिठो, दाल र कालो सिमी जस्ता प्रमुख खानेकुराको मूल्य २०२४ को जनवरी महिनामा स्थिर रह्यो । सन् २००२ देदि २०२३ सम्मको मौसमी मूल्यको प्रवृत्ति विश्लेषणले नेपालको राष्टिय स्तरमा तथा पश्चिमी प्रदेशहरुमा मोटो चामलको मूल्य प्रथम अर्धवार्षिक अवधिमा वार्षिक औषत मूल्य भन्दा कम रहेको देखिएको छ। यद्यपि, पश्चिमी प्रदेशहरुमा मसिनो चामलको प्रथम त्रैमासिक अवधिको मूल्य सामान्य प्रवृत्तिको विपरित वार्षिक औषत मूल्य भन्दा बढी रह्यो। जुलाई २०२३ देखि फेब्रुवरी २०२४ सम्ममा २१.५ प्रतिशतले घटेको श्रमिक आप्रवासनले नेपालबाट हुने वैदेशिक रोजगारीमा कमी आएको सङ्केत गर्दछ। अघिल्लो महिनाको तुलनामा फेब्रुवरी महिनामा वैदेशिक रोजगारीमा ११.८ प्रतिशत गिरावट आएको थियो ।